images

शनिवार, बैशाख ८ गते २०८१

बुटवलमा लेडी जेसीज सप्ताह-२०२२ सुरु 

बुटवलमा लेडी जेसीज सप्ताह-२०२२ सुरु 

मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक 

images
images
images
आइतवार, श्रावण २२ २०७९
आइतवार, श्रावण २२ २०७९
  • बुटवलमा लेडी जेसीज सप्ताह-२०२२ सुरु 

    बुटवल, २२ साउन । 
    मानवको जीवनशैलीलाई सहज बनाउन वास्तु ज्ञानको महत्व महत्वपूर्ण भएको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । वास्तु शास्त्र र वास्तु ज्ञान मावन जीवनका लागि आवश्यक हुने र वास्तुलाई बुझेर मात्र भौतिक संरचनाहरु निर्माणमा जोड दिदा उत्तम हुने उनीहरुको भनाइ छ ।

    images
    images
    images

    बुटवल लेडी जेसीजले आइतबारदेखि सुरु गरेको जेसीज सप्ताहको शुभारम्भ कार्यक्रमको अवसर पारेर आयोजना गरिएको वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा ज्योतिष पण्डित जनार्दन न्यौपानेले वास्तुलाई ध्यान दिएरै घर लगायतका भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए । उनले मानिसको जीवनसँग प्रत्यक्ष घर (निवास) जोडिएकाले घर निर्माणका लागि वास्तु ज्ञानलाई विशेष ध्यान दिन आग्रह गरे ।

    बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही, राष्ट्रिय उपाध्यक्ष सन्दीप अग्रहरी, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, बुटवल जेसीजका अध्यक्ष चन्द्रमणि  भुसाल, जेसीआई काउन्सिलर सुमन कृष्ण श्रेष्ठ, लेडी जेसीजका पूर्वअध्यक्ष राधिका पोखरेल, बुटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतम, जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रविन पोखरेल, जेसीज सप्ताहका मूल संयोजक प्रभा गौतम लगायतले

    जेसीज सप्ताहको सफलताको शुभकामना दिएका थिए । आइतबारदेखि सुरु भएको जेसीज सप्ताह विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गरेर आउने शनिबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मूल समारोहकाबीच सकिने लेडी जेसिजका महासचिव संगीता ढकालले जानकारी दिइन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij