२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशले १२ जना पत्रकारलाई पुरस्कृत गर्ने 

आइतवार , मंसिर १४, २०७७

दाङ, १४ मंसिर । 
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिले १२ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिको बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गत कृयाशील पत्रकारहरुलाई नगदसहित प्रमाणपत्रले विभुषित गर्न लागेको जनाएको छ ।


स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष विष्णुकुमार देवकोटाकोअध्यक्षतामा दाङमा बसेको बैठकले आगामी माघ २३ र २४ गते राष्ट्रियस्तरको ‘पत्रकार स्वतन्त्र किन बन्ने’ ? भन्ने विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्नै निर्णय समेत गरेको छ । बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका सल्लाहकारहरुलाई सम्मान गर्नै, स्वतन्त्र पत्रकार संघका सबै जिल्लाका अध्यक्षहरुलाई कदरपत्रले सम्मान गर्नै निर्णय गरेको अध्यक्ष देवकोटाले जानकारी लिए ।

त्यस्तै बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका पदाधिकारीहरुमार्फत कोभिड १९ का कारण समस्यामा परेका गुल्मी, अर्घाखाँची र दाङका पत्रकारहरुलाई राहत वितरण गरेको कार्यको सह्राहना गर्दै वितरण कार्यलाई सर्वसम्मतिले पारीत गर्नै निर्णय समेत गरेको छ ।

स्वतन्त्र पत्रका संघ लुम्बिनी प्रदेश समितिको कार्यालय दाङमा गर्नै भएको यसअघिको निर्णयलाई कार्यान्वयन गर्न दाङमा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

आगामी माघ २३ र २४ गते राष्ट्रव्यापी सम्मेलन गर्नै निर्णय गर्दै स्वतन्त्र पत्रकार संघ केन्द्रिय समिति, प्रदेश समिति र प्रत्येक जिल्लाहरुबाट अध्यक्षसहित ३ जनालाई अन्तरक्रियामा सहभागि गराउने आम अन्तरकृया गर्नै निर्णय पारित गर्दै बैठकले केन्द्रिय समितिको समन्वयमा जिल्ला समिति पुर्नगठन तथा विस्तार गर्नै रणनीति समेत तय गरेको छ ।

त्यस्तै बैठकले तयारी बैठक मंसीर २९ गते बुटवलमा गर्नै निर्णय गर्दै प्रेस ज्याकेटहरु तयारी गरी बितरण गर्नै कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद पौडेललाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै बैठकले अर्घाखाँची बाट विकास पाण्डे, बुटबलबाट कृष्ण पौडेल र भुपेन्द्र पौडेललाई प्रदेश समितिको सल्लाहकारमा चयन गर्नै निर्णय गरेको छ । त्यसै गरी बैठकले जीवन वली (दाङ), रोजक रोका (दाङ) र ईशा क्षेत्री (रुपन्देही) लाई प्रदेश समितिको कार्यसमिति सदस्यमा मनोनित गर्नै निर्णय समेत गरेको छ ।

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ सदस्य समीर ढकालको मोटरसाइकल दुर्घटनामा परी घाईते हुनुभएकोमा ढकालको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले स्वतन्त्र पत्रकार संघका निवर्तमा केन्द्रिय कोषाध्यक्ष विरेन्द्र पाण्डेको पिता स्व. मोहनीलाल पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष अनिल पहाडीको पिता स्व.टेक बहादुर परियार र सहोदर दाजु स्व. सन्तोष परीयार, यस्तै नवलपरासीका जिल्ला अध्यक्ष प्रेम पराजुलीको आमा स्व.देवीशरा पराजुलीको निधनमा शोक प्रस्ताव पारित गर्नै निर्णय गरेको छ ।

त्यस्तै स्वतन्त्र पत्रकार संघको निवर्तमान केन्द्रिय कोषाध्यक्ष एवं किर्तिमानधारी मेची महाकाली उल्टो साइकल यात्री बिरेन्द्र पाण्डेलाई विशेष सम्मान गर्नै निर्णय पारित गरीएको छ । पाण्डेले स्वतन्त्र पत्रकार संघका नाममा मेची महाकाली उल्टो साइकल यात्रा गरेका छन् ।

त्यसै गरी स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णुकुमार देवकोटाले आफ्नी आमा स्व. हीमालयदेवी देवकोटाको नाममा २५ हजार रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । ‘हिमालयदेवी देवकोटा स्वतन्त्र वर्ष उत्कृष्ट पुरस्कार’को नाममा स्वतन्त्र पत्रकार संघ प्रदेश समितिमा अक्षय कोष स्थापना गर्नै प्रस्ताव वैठकले पारित गरेको कार्यवाहक अध्यक्ष आर.एन. पौडेलले जानकारी दिए । प्रत्येक वर्ष जोखिमयुक्त पत्रकारीता गर्नै व्यक्तिलाई आएको ब्याजबाट नगदसहित सम्मान गरिने उनले जानकारी दिए ।

बैठकमा प्रदेश सल्लाहकारद्धय केशव परियार र पुष्कर के.सी.ले मन्तव्य राखेका थिए । संघका प्रदेश सचिव विन्दु घिमिरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।