२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लायन्स अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न 

आइतवार , मंसिर १४, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १४ मंसिर । 
    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालको आयोजनामा लायन्स अभिमुखीकरण तालिम कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । जोन ७३ का जोन चेयरपर्सन ओम जैसीको अध्यक्षतामा भएको तालिममा भैरहवा र आसपासका १८ वटा क्लबका १७१ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 

    सहभागीलाई प्रमुख प्रशिक्षक स्ट्राटिजिक चिफ कोओर्डिनेटर एमजेएफ मुकुट ढकाल, प्रशिक्षक एरिया इभ्यालुसन हेड विनोद खरेलले प्रशिक्षण दिएका थिए ।

    क्लबलाई कसरी जिरो मेम्बरसिप ड्रप गराउन सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको आयोजकले जनाएको छ । 

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपाने, स्ट्राटिजिक चिफ ओम कुमार श्रेष्ठ, एमजेएफ महेश थापा, लायन क्लब अफ सिद्धार्थनगर होलिसिटीका अध्यक्ष देवराज न्यौपाने, लायन्स नोबल लेडिजका अध्यक्ष अन्जु जैसी लगायतले बोलेका थिए ।


    लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष दुर्गा आचार्यको स्वागत तथा डिष्ट्रिक अफिसर दिपक कौशलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।