
आइतवार , मंसिर १४, २०७७
भैरहवा, १४ मंसिर ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले मंसिर १५ गते (सोमबार) सार्वजनिक विदा दिएको छ । पूर्णिमाको दिन ओमसतिया–५ स्थित ओमसतियामाई मन्दिरमा लाग्ने सिलौटिया मेला यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक मेलाको रुपमा विशेष किसिमले मनाइने भएकोले विदा दिइएको गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए ।
गाउँपालिकाको निर्णय अनुसार सोमबार गाउँपालिकाभित्र सम्पूर्ण स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायत सम्पूर्ण सरकारी कार्यालयहरुलाई सार्वजनिक विदा दिइएको उपाध्यक्ष सुन्दरमति कुमारी हरिजनले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij