२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना माहामारीका वीच ओमसतियामा बृहत मेला, मेला मनाउन गाउँपालिकाको सार्वजनिक बिदा 

सोमवार , मंसिर १५, २०७७


भैरहवा। देशभर कोरोना माहामारीका कारण नेपालमा मात्रै दुई लाख बढी नागरिक कोरोनाबाट संक्रमित भएको अबस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिकाले मेला मनाउनका लागि भन्दै सार्वजनिक बिदा दिएको छ। 

पुर्णिमाका दिन ओमसतिया–५ स्थित ओमसतियामाई मन्दिरमा लाग्ने सिलौटिया मेलालाई ऐतिहासिक तथा धार्मिक मेलाको रुपमा विशेष किसिमले मनाउन भन्दै सार्वजनिक बिदा दिइएको हो। 

मेलालाई भव्य र सब्य रुपले मनाउनका लागि गाउँपालिकाले विदा दिइएको गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए। उनले मेलालाई एतिहासिक रुपले सम्पन्न गर्नका लागि स्थानिय सरकारको अधिकार प्रयोग गरेर मेला आयोजना गरिएको बताए। 
सिलौटियामा लाग्ने मेलाले कोरोनाको जोखिम बढ्ने खतरा बढ्यो नी भन्ने बिषयमा अध्यक्ष केवटले मेला लाग्दैमा कोरोना भयाबह हुने र मेला नलाग्दैमा नियन्त्रण नहुने टिप्पणी गरे। 

सिलौटियामा गाउँपालिकाको संरक्षणमा मेला लाग्ने गर्दछ। त्यहाँ लाग्ने मेलामा हजारौ नागरिकको भिडभाड लाग्ने गर्दछ। सिलौटियामा शनिवार देखि नै मेला अवलोकन गर्न आउने सर्दालु एवम् भक्तजनको भिडभाड लागेको छ। आज पुर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ। 

oms.jpg

मेलामा आउने व्यत्तिहरुवाट कोरोना फैलिन सक्ने भन्दै यसले भयाबह स्थीति निम्त्याउन सक्ने भन्दै कतिपय स्थानियले चिन्ता व्यक्त गरेका छन्। 

om satiya.jpg

सरकारले कोरोनाको जोखिम कायमै रहेको भन्दै दशभर मेला, महोत्सव, ठुला ठुला सभा समारोह तथा जात्रा गर्न रोक लगाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ओमसतियामा लाग्ने मेलाको बिषयमा स्थानिय प्रशासनसंग कुनै समन्वय नभएको बताए। उनले कोरोना माहामारी कायम रहेकाले मेला, महोत्सव तथा जात्रा नगर्न आग्रह गर्दै यस बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए।

गाउँपालिकाको निर्णय अनुसार सोमबार गाउँपालिकाभित्र सम्पूर्ण स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायत सम्पूर्ण सरकारी कार्यालयहरुलाई सार्वजनिक विदा दिइएको उपाध्यक्ष सुन्दरमति कुमारी हरिजनले बताइन।