२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

अर्घाखाँचीमा पानीमा डुबेको अवस्थामा एक पुरुष फेला

सोमवार , मंसिर १५, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • अर्घाखाँची । अर्घाखाँचीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ हस्पीटल लाईन बसोबास गर्ने ५५ वर्षिय पुरुष लक्ष्मण न्यौपाने खोलामा डुवेको अबस्थामा फेला परेका हुन्। 

    न्यौपाने सन्धिखर्क नगरपालिकाकै बाँगी खोलामा पानीमा डुबेको अवस्थामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए। उनी आईतबार दिउँसो ४ बजेदेखि घरबाट निस्किएको परिवार श्रोतको भनाई छ। 

    स्थानीयले खोलामा डुबेको अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घटनाको थप अनुसन्धान समेत भईरहेको प्रहरीको भनाई छ। यस्तै मृतकको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको समेत बताईएको छ।