images
images

मंगलवार, जेठ ८ गते २०८१

कोरियामा अवैधानिक विदेशीको संख्या ४ लाख नजिक, विनाशर्त भिषा दिन मजदूर अधिकारवादीको माग

कोरियामा अवैधानिक विदेशीको संख्या ४ लाख नजिक, विनाशर्त भिषा दिन मजदूर अधिकारवादीको माग

images
images
images
सोमवार, श्रावण ३० २०७९
सोमवार, श्रावण ३० २०७९
  • कोरियामा अवैधानिक विदेशीको संख्या ४ लाख नजिक, विनाशर्त भिषा दिन मजदूर अधिकारवादीको माग
    तस्विर स्रोत : अनलाइनखबर

    सिओल, ३० साउन ।
    कोरियामा क्रियाशिल मजदूर अधिकारवादी संस्थाले यहाँ बिना भिषा बसिरहेका ३ लाख ९४ हजार विदेशीलाई बिनाशर्त भिषा दिन माग गरेका छन् । कोरियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा उनीहरुलाई बिनाशर्त भिषा दिन माग गरिएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा क्रियाशिल शरणर्थी अधिकार केन्द्र, आप्रवासी श्रमिक समानता एकता, क्याथोलिक मानव अधिकार संगठन लगायत १५ वटा संस्थाले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण समेत गराएको राईले बताए ।

    images
    images
    images

    कोरियाली प्रायद्धिप सन १९४५ मा जापानको अधिनायकत्वबाट स्वतन्त्र भएको सम्झनामा अगष्ट १५ मा स्वतन्त्रमा दिवस मनाइँदै आएको छ । सोही अवसरमा कोरियामा विभिन्न कारणले अवैधानिक रुपमा बस्न बाध्य विदेशीलाई भिषा दिइ स्वतन्त्रता प्रदान गर्न माग गरिएको उनले बताए ।

    कोरियाली सरकारको आप्रवासी मजदूरप्रतिको भेदभावपुर्ण कानूनका कारण श्रमिक अवैधानिक बन्नु परेको भन्दै उनीहरुलाई भिषा प्रदान गरी भेदभावपूर्ण कानुन संशोधन गर्नुपर्ने युनियनको भनाइ छ ।

    कोरियामा स्वेच्छाले काम फेर्न नपाउँदा जबरजस्ती काम गर्न नसक्दा काम छोड्नुपर्दा अवैधानिक बन्नुपर्ने बाध्यता रहेको भन्दै सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने युनियनको अडान छ ।

    कोरियाको न्याय मन्त्रालयको अध्यागमन विभागका अनुसार कोरियामा हाल ३ लाख ९४ हजार आप्रवासी विनाभिषा लुकिछिपी बसिरहेको तथ्यांक छ ।

    यो संख्या कोरियामा रहेका समग्र आप्रवासीको २० प्रतिसत भएको विभागले जनाएको छ । जुन संख्या सन २०१९ यता ५ प्रतिशतले वृद्धि भएको हो । जसको अर्थ कोरियामा रहेका ५ जना विदेशीमध्ये १ जना अवैधानिक रुपमा बसोवास गरिरहेको सरकारी तथ्यांक छ ।

    अधिकारवासी संस्थाहरुले कोरियामा रहेका अधिकांश अवैधानिक विदेशीहरु यहाँका ग्रामीण क्षेत्रमा रहेका उद्योगहरुमा काम गरिरहेको र उनीहरुले ग्रामिण क्षेत्रमा हुने श्रमिक अभावलाई पूर्ति गरी सरकारलाई सहयोग गरेको दावी गरेका छन् ।

    अवैधानिक आप्रवासीलाई पक्राऊ गरी उनिहरुको देश डिपोर्ट गर्नु दीर्घकालिन समस्या समाधानको उपाय नभएको उनीहरुले सुझाएका छन् । हाल कोरियाली अध्यागमनका ३ सय कर्मचारी अवैधानिक विदेशी पक्राउ गर्न खटिएका छन् । यो अनुपातमा १ जना कर्मचारीले १ हजार ३ सय विदेशीलाई पक्राउ गर्नुपर्ने हुन्छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij