२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रामनगर जेसीज वर्ष २०२१ को नेतृत्व देवीकला शर्मालाई 

सोमवार , मंसिर १५, २०७७

नवलपरासी, १५ मंसिर ।
रामनगर जेसीज वर्ष २०२१ को नेतृत्व देवीकला शर्माले गर्ने भएकी छिन् ।  रामनगर जेसीजको सोमबार सुनवल–१२ भुमहीमा भएको आठौं साधारणसभा तथा सातौं शाखा अधिबेशनबाट शर्मालाई २०२१ का लागि सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरिएको हो । 

अध्यक्ष शर्मा स्थापना वर्ष २०१४ देखि नै रामनगर जेसीजमा सक्रिय रुपमा आवद्ध भइ आफ्नो जिम्मेवारी कुशल ढङ्गबाट निर्वाह गर्दै आइरहेकी थिइन् । त्यस्तै सातौं अधिवेशनबाट वर्ष २०२१ को कार्यकारिणी उपाध्यक्ष पदमा जेसी कुशुम चापागाईं र जेसी कमल गैह्रे निर्वाचित भएका छन् । त्यसै गरी प्रथम उपाध्यक्षमा जीवन न्यौपाने, द्वितीय उपाध्यक्षमा झबिन्द्र भट्टराई, तृतीय उपाध्यक्षमा कला डुम्रे र चौथो उपाध्यक्षमा बसन्त पन्थ निर्वाचित भएका छन् । त्यस्तै वर्ष २०२१ को सचिव पदमा तारा सुनार र कोषाध्यक्षमा भरत न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । 

अध्यक्षमा निर्वाचित शर्माले धन्यवाद मन्तव्य प्रस्तुत गर्दै आफ्नो कार्यकालमा रामनगर जेसीजको सचिवालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई रामनगर जेसीज वर्ष २०१६ का अध्यक्ष जेसी बलराम चापागाईं, वर्ष २०१७ का अध्यक्ष  ढुण्डीराज भट्टराई, वर्ष २०२० का निवर्तमान अध्यक्ष भोजराज पौडेल, संस्थापक अध्यक्ष डोलराज भण्डारी, रामनगर जेसीजको सातौं अधिवेशनका निर्वाचन समिति संयोजक तथा रामनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाईं र कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष तथा रामनगर जेसीजका मानार्थ सदस्य जेसी यमलाल पाण्डेले कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । 

रामनगर जेसीज वर्ष २०२० का अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन रामनगर जेसीज वर्ष २०२० का महासचिव जयराम बस्यालले गरेका थिए ।