२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

भैरहवामा श्रीगुरुदक्षिणा समर्पण कार्यक्रम

बिहिवार , भाद्र २, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २ भदौ ।
    हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा बुधबार भैरहवामा श्रीगुरुदक्षिणा समर्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख वक्ता हिन्दू स्वयंसेवक नेपालका राष्ट्रिय प्रचारक रेवित कुमारले पछिल्लो समय हिन्दू धर्म संस्कृतिमाथि प्रहार भइरहेकोले यसको संरक्षणका लागि अझ संगठित हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले हिन्दू र हिन्दूत्वको महत्व बुझ्दै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘हामी सबैले आफ्नो धर्मको चिन्ता गर्नुपर्छ, धर्मले हाम्रो रक्षा गर्छ ।’ वि.सं. २०४८ मा स्थापना भएदेखि नै नेपालको राष्ट्रिय जीवन मूल्य–हिन्दूत्वको संरक्षण–संवद्र्ध्धनका लागि अनवरत रुपमा हिन्दू स्वयंसेवक संघ नेपाल लागिपरेको उनको भनाइ थियो ।

    संघका रुपन्देही जिल्ला संघचालक गोकुल पोखरेलले हिन्दू स्वयंसेवक संघले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले श्रीगुरुदक्षिणा समर्पण महत्वपूर्ण कार्यक्रम रहेको बताए ।

    संघका सिद्धार्थनगर संघचालक श्रवण पाण्डेयको अध्यक्षता, गोकुल पोखरेलको स्वागत तथा सम्भाग कार्यवाह रविकान्त उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संघचालक हेम शर्मा, राजकुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।