२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

सियोना श्रेष्ठको उपचारका लागि सिद्धार्थ जेसिजद्वारा साढे ७५ हजार सहयोग 

मंगलवार , मंसिर १६, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा १६ मंसिर। जेसिआई सिद्धार्थ नेपाल भैरहवाले १४ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि ७५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ। 

    बिगत केहि महिना देखि गम्भीर बिरामी भई उपचाररत श्रेष्ठको उपचारका लागि ७५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो। 

    जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीको अध्यक्षता, निर्देशक साकार न्यौपानेको संयोजकत्व तथा पुर्व अध्यक्ष ओम कुमार श्रेष्ठुको प्रमुख आतिथ्यतामा बालिका सियोनाका हजुरबुबा पुर्ण गुरुङलाई रकम हस्तान्त्रण गरिएको होे। 

    जेसिजका पुर्व अध्यक्ष, पदाधिकारी, सदस्य, साधारण सदस्यले रकम संकलन गरेर हस्तान्त्रण गरिएको सिद्धार्थ जेसिज बर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले जानकारी दिए। जेसिजले चलाएको अभियानमा उद्योगी रामगोपाल गोयनकाले १० हजार, रोशन न्यौपाने बिभिन्न व्यक्तिसंग संकलन गरी ३५ हजार, बुद्धिराम यादवले  ५ हजार सहयोग गरेको कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिए । 
    १४ महिने बालिका सियोनालाई स्पाइनल मस्कुलर एट्रोफि नामक रोग लागेको छ। उनको पोल्याण्डमा उपचार भईरहेको छ। उनको उपचारका लागि २५ करोड रुपैया लाग्ने अनुमान गरिएको छ। उनको उपचारका लागि हाल सम्म भण्डै १४ करोड रुपैया संकलन भएको सियोनाका हजुरबुबा पुर्ण गुरुङले जानकारी दिए ।