images

शुक्रवार, बैशाख २१ गते २०८१

नेपाल राष्ट्रले एक बौद्धिक नेता गुमायो : सभापति पुन

नेपाल राष्ट्रले एक बौद्धिक नेता गुमायो : सभापति पुन

images
images
images
आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९
  • नेपाल राष्ट्रले एक बौद्धिक नेता गुमायो : सभापति पुन

    भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको  निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गिरिको ७५ वर्षको उमेरमा गए राती उपचारकै क्रममा मेडासिटी हस्पिटलमा मृत्यु भएको थियो । नेपाल राष्ट्रले एक बौद्धिक नेता, समाजवादका चिन्तक, समालोचक एवम् कांग्रेसले कुसल संगठक र अभिभावक गुमाएको सभापति पुनले बताएका छन् ।

    नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा गिरिले पुर्याएकाे योगदानको स्मरण गर्दै नेपाली राजनीति र पार्टीमा गिरिको अभाव सधै रहि रहने पुनले बताएका छन् ।

    सभापति पुनले गिरिको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै गिरिप्रती श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij