२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स भैरहवाको अध्यक्षमा कोहार

आइतवार , भाद्र ५, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ५ भदौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफ इन्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा समितिको अध्यक्षमा गजेन्द्र कोहार चयन भएका छन् । शाखा समिति गठनका लागि भएको दोस्रो भेलाले कोहारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा लालसा यादव। सचिवमा बाबुराम शर्मा र कोषाध्यक्षमा सुनिता चौधरी रहेका छन् । त्यस्तै सदस्यमा चन्द्रकला थापा, चन्द्रजित पाल, शुसिला यादव, शिवचन्द्र बरई, जीवनलाल विश्वकर्मा र पशुपति ज्ञवाली रहेका छन् ।

    300045999_5251208671601052_2588128398058686720_n.jpg

    पेशागत बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय सदस्य देवी प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा प्रदेश समन्वय समिति लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रेशम सिंह ठकुरीको अध्यक्षता तथा सचिव शालिकराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले नगगठित भैरहवा शाखा समितिका सम्पूर्ण पदाधिकारीलाई सपथग्रहण गराएका थिए ।