images

शुक्रवार, बैशाख २१ गते २०८१

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगरद्वारा तीज विशेष कार्यक्रम

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगरद्वारा तीज विशेष कार्यक्रम

images
images
images
आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९
  • राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगरद्वारा तीज विशेष कार्यक्रम

    भैरहवा, ५ भदौ ।
    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगर, रुपन्देहीले आइतबार तीज विशेष कार्यक्रम गरेको छ । भैरहवास्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिल्ला पार्टी कार्यालय परिसरमा कार्यक्रम गरिएको संगठनकी सिद्धार्थनगर अध्यक्ष सीता भण्डारीले बताइन् ।

    images
    images
    images
    300070966_1513294052430260_2613801897603427730_n.jpg

    कार्यक्रमको उद्घाटन राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले तीजको परम्परा, संस्कृति र सामाजिक महत्वबारे प्रकाश पार्दै एउटा महिलाले अर्को महिलालाई साथ र सहयोग गर्नुपर्ने बताइन् । उनले महिलाले महिलालाई सशक्तिकरणका लागि सहयोग गर्नुपर्नेमा जोड दिइन् । केन्द्रीय सदस्य थापाले महिला हिंसाविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सबै महिला एकजुट भएर राप्रपालाई मुलुककै ठूलो पार्टीको रुपमा स्थापित गर्नुपर्छ । ’उनले राप्रपाले उठाएको २२ बुँदे माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

    299279544_844063153667165_5969820952835110560_n.jpg

    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगरकी अध्यक्ष सीता भण्डारीको अध्यक्षता, राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाको प्रमुख आतिथ्यता, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणाको विशिष्ट आतिथ्यता तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगरकी सचिव अर्पना मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij