images

मंगलवार, चैत्र ६ गते २०८०

किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा

किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा

images
images
images
सोमवार, भाद्र ६ २०७९
सोमवार, भाद्र ६ २०७९
  • किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा

    नयाँ दिल्ली, ६ भदौ । दिल्ली प्रहरीले किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

    images
    images
    images

    दिल्ली प्रहरीले जन्तर मन्तरमा किसानहरूको प्रदर्शनअघि दिल्ली–मेरठ एक्सप्रेसवेमा सिंघु र गाजीपुर सीमामा सुरक्षा कडा बनाएको छ ।  उत्तर–पश्चिम दिल्ली र गाजीपुर सीमामा रहेको सिंघु सीमामा अवरोध राखिएको छ । बेरोजगारीविरुद्ध सोमबार किसानहरूले प्रदर्शनअघि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

    यसअघि किसानहरूको छाता संगठन संयुक्त किसान मोर्चाले बिहीबारदेखि उत्तर प्रदेशको लखिमपुर खेरीमा ७५ घण्टाको धर्ना सुरु गर्ने घोषणा गरेको थियो ।

    जन्तर मन्तरमा आजको किसानहरूको विरोधलाई ध्यानमा राख्दै राष्ट्रिय राजधानीमा अनावश्यक जमघट रोक्नको लागि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

    सिंघु, टिकरी र गाजीपुर लगायतका सीमामा अतिरिक्त बलहरू तैनाथ गरिएको छ। राजधानी भित्रिने सबै सवारीसाधन चेकजाँच हुँदा  सहरका विभिन्न भागमा ट्राफिक जाम हुने गरेको छ । एजेन्सी

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij