२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

बुधवार , भाद्र ८, २०७९

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • क्वालालम्पुर  । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ  उच्च अदालतले उनको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो ।

    सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो ।

    उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए । उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ । आफूले कुनै गलत कार्य नगरेको उनले निरन्तर बताउँदै आएका छन् । 

    सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो। एजेन्सी