२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

चुलोमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

मंगलवार , मंसिर १६, २०७७

  • 7.7K
    Shares
  • 7.7K
    Shares
  • अर्घाखाँची १६ मंसीर ।अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ बर्षिय पुतली नेपाली रहेको प्रहरीले जनाएको छ। 

    घरमा एक्लै बसोबास गर्दै आएकी नेपालीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए। 

    गुप्ताका अनुसार घरमा रहेको फलामको चुलोमा आगो ताप्दा जलेर घटना स्थलमै मृत्यु भएको थियो। घरमा एक्लै भएकाले समयमै उद्वार नपाएको समेत बताईएको छ ।

    मृतक बृद्धाकी एक मात्रै छोरी रहेको र छोरीको बिबाह भई घरमा रहेको बताईएको छ।