२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी क्लब अफ बुटवलको चौथो क्लब एसेम्बली सम्पन्न

बुधवार , मंसिर १७, २०७७

बुटवल, १७ मंसिर । 
रोटरी क्लब अफ बुटवलको १३ सय ४१ औं नियमित बैठक तथा चौथो क्लब एसेम्बली बुधबार शनिबार सम्पन्न भएको छ । डिजिट भिजटसँगै क्लवले नियमित बैठक र चौथो क्लब एसेम्बली सम्पन्न गरेको हो ।

कार्यक्रममा क्लबका पाँच जना चेयरपर्सनहरुले प्रगति विवरण पेश गरेका थिए । क्लब एडमिनिस्ट्रेसन कमिटीका चेअर दया भण्डारी, मेम्बरसिप कमिटीका चेयर लेखनाथ भुसाल, सर्भिस कमिटी चेयर मधुप्रसाद अर्याल, पब्लिक रिलेशन कमिटीका चेयर करुण खनाल र रोटरी फाउन्डेशन कमिटीका चेयर प्रज्वल थान्जुले आफनो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजीव पोखरेलले प्रस्तुत प्रतिवेदनमाथि सुझाव दिंदै प्रोजेक्टका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन र सामाजिक स्वार्थमा केन्द्रित रहेर काम गर्न आग्रह गरे ।

पाँचै जना चेअर कमिटीले प्रस्तुत गरेका प्रतिवेदनलाई बैठकले सुझावसहित अनुमोदन गरेको छ । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रेसिडेन्ट नोमिनी बोनिन पिया, सचिव रोम शर्मा, रोटरीयनहरु गोपाल बस्याल सावि बि.क. लगायतले पनि बोलेका थिए ।