२०८२, कार्तिक ११ गते

Oct 28 2025 | २०८२, कार्तिक ११ गते

कांग्रेस वरिष्ठ नेता पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

बिहिवार , मंसिर १८, २०७७

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • काठमाण्डौं, १८ मंसिर ।
    नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लाको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् ।
    बुधबार उद्घाटन गर्न नपाएको पुल पौडेलले बिहीबार कांग्रेसका कार्यकर्तासहित उद्घाटन गरेका हुन् ।

    कोरोना भाइरसको महामारीको समयमा सयौंको भिड नगर्न आग्रह गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि उनले पुल उद्घाटन गर्न पाएका थिएनन् ।

    निषेधाज्ञाको समयमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बुधबार तीन घण्टा नियन्त्रणमा समेत लिएको थियो । बिहीबार भने नेता पौडेलले कसैको अवरोध बिना पुल उद्घाटन गरेका हुन् ।