images

मंगलवार, चैत्र ६ गते २०८०

सियारीस्थित छपियामा १५ सैयाको अस्पताल निर्माण हुँदै

सियारीस्थित छपियामा १५ सैयाको अस्पताल निर्माण हुँदै

images
images
images
शनिवार, भाद्र १८ २०७९
शनिवार, भाद्र १८ २०७९
  • सियारीस्थित छपियामा १५ सैयाको अस्पताल निर्माण हुँदै

    भैरहवा, १८ भदौ ।

    images
    images
    images

    रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ । 

    अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले सिलन्यास गरेका हुन् । २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आब्हान गरिएकोमा १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । 

    २०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । 

    IMG_8505.JPG

    १० औं तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन) को नेतृत्वमा मेडिकल अधिकृत सहित डाक्टर, नर्स सहितको टिम रहने गाउँपालिकाले जनाएको छ । 
    अस्पताल निर्माण भएपछि सियारीवासीले चिकित्सकिय सेवा, आकस्मीक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजी लगाएतका सुबिधा प्राप्त गर्ने छन् ।  

    अस्पतालको सिलन्यास गर्दै गृहमन्त्री खांणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री खांणले सरकारले नागरिकको स्वास्थ्यलाई बिषेश ख्याल गर्दै एक पालिका एक अस्पतालको अवधारण ल्याएको बताए ।

    मन्त्री खांणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामि दुई बर्ष पछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाँउ जान नपर्ने उल्लेख गरे । 

    सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले अस्पतालको निर्माण पछि सियारीबासी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए । उनले तोकिएको समयभित्रै अस्पतालको निर्माण सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गरेका छन् । अध्यक्ष घिमिरेले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य सुधार गर्दै आएको बताउदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी नीति अबलम्बन गरेको बताए । अस्पताल निर्माणको जिम्मा कालिगण्डकी रविना जेभिले पाएको छ । 

    कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादव, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँ लगाएतले बोल्दै सियारी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पुर्वाधार बिकासमा उत्कृष्ट काम गर्दै आएको उल्लेख गरे । 

    सियारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्रीराम यादवको स्वागतमा भएको कार्यक्रमको सञ्चालन लेखा अधिकृत नारायण पौडेलले गरेका थिए । 
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij