२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

कर्मचारी युनियनको स्थापना दिवसमा रक्तदान कार्यक्रम 

आइतवार , भाद्र १९, २०७९

भैरहवा । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा युनिय रुपन्देहीले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

स्थापना दिवसको अबसरमा कर्मचारी युनियन रुपन्देहीले बुटवलमा बृहत रक्तदान  तथा मानव सेवा आश्रममा रहेका महानुभावलाई भोजनसेवा कार्यक्रमको आयोजना गरेको छ । 

रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको युनियनका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए । 

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणको प्रमुख आथित्यतामा भएको कार्यक्रममा १०५ जना बढीले रक्तदान गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । 

सो अबसरमा बोल्दै कांग्रेस सभापति खांणले कर्मचारी युनियनले कर्मचारीको हक हितका साथै सामाजिक कार्यमा समेत अग्रसर भएको उल्लेख गर्दै खुसी व्यक्त गरे । 

सो अबसरमा कांग्रेस महाधिबेशन प्रतिनिधि बिष्णु बहादुर रायमाझी, कर्मचारी युनियनका केन्द्रिय सदस्य नविनकुमार पन्थी, हरी ज्ञवाली लगाएतले बोल्दै सरकारले कर्मचारीको हक, हित र अधिकारका लागि नीति अबलम्बन गर्न आग्रह गरेका छन् । युनियनका जिल्ला उपाध्यक्ष टेकराज पन्थीको स्वागतमा भएको कार्यक्रमको सचालन सचिव बालकृष्ण कंडेलले गरेका थिए ।