२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शनिबारदेखि प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता हुने

बिहिवार , मंसिर १८, २०७७

बुटवल, १८ मंसिर । 

सौभाग्य युवा क्लबको आयोजनामा सिद्धेश्वर खेल मैदानमा शनिबारदेखि प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको हो । बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष दीपक गुरुङले बताए । 

प्रतियोगिताको उपाधि विजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यस्तै उपविजेता टिमलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । 

त्यसै गरी प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक चक्र बहादुर खड्काले बताए । 

प्रतियोगितामा पाल्पाको भ्यालीएफसी, सराई एफसी, नवलपरासीको भैरव एफसी, रुपन्देहीको सयपत्री युवा क्लब, मजुवा एफसी, चरङे एफसी, जनज्योती क्लब डिङरनगर, सिद्धार्थ युवा क्लब भैरहवा, डि युनिटी खैरेनी, झरना स्पोटर्स क्लब, चाँदनी एफसी, फर्साटिकर युवा क्लब, सम्पुर्ण एफसी सुपौली, ढिकार एफसी देवदह, नवएकता युवा क्लब, राधाकृष्ण युवा क्लब, शिवनगर युवा क्लब, ठुटीपिपल एफसीसहित आयोजक सौभाग्य युवा क्लबका २ टिम समेत गरी २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन । 

प्रतियोगिताको प्रथम पुरस्कार राशी थैव परिवार र दोस्रो पुरस्कार शिवनगर सामुदायिक वनबाट सहयोग भएको प्रचार संयोजक कृष्ण कुमालले बताए । शनिबार उद्घाटन खेलमा सौभाग्य युवा क्लब बी ले भ्याली एफसी पाल्पासंग प्रतिष्पर्धा गर्नेछ । स्वर्गीय प्रचण्ड थैवका माता सुकन्या थैवले प्रतियोगिताको उद्घाटन गर्ने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ९ लाख खर्च हुने अनुमान रहेको छ ।