images

सोमवार, बैशाख १७ गते २०८१

शुक्रबार भैरहवामा ‘लायन्स कर्पोरेट नाइट’ हुने

शुक्रबार भैरहवामा ‘लायन्स कर्पोरेट नाइट’ हुने

images
images
images
आइतवार, भाद्र १९ २०७९
आइतवार, भाद्र १९ २०७९
  • शुक्रबार भैरहवामा ‘लायन्स कर्पोरेट नाइट’ हुने

    भैरहवा, १९ भदौ । 
    भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजनामा यही भदौ २४ गते शुक्रबार ‘लायन्स कर्पोरेट नाइट’ हुने भएको छ । सिद्धार्थनगर–१२ डाँडागाउँ स्थित युनिक बैंक्वेटमा बेलुका साढे ५ बजेदेखि कार्यक्रम सुरु हुने क्लबले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    images

    कार्यक्रममा ख्याती प्राप्त आधुनिक गायक हेमन्त शर्माका साथै स्थानीय महिलाहरुको सांगीतिक बैण्डको प्रस्तुती र नृत्य कार्यक्रम समेत हुने कार्यक्रम संयोजक अनिल कुमार गुप्ताले बताए । उनले भने, ‘कार्यक्रममा विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरुको निश्चित सहभागिता हुनेछ ।’

    क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने बताए । कार्यक्रममा सहभागिताका लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको उनले जानकारी दिए । उक्त रकममा रात्री खाना (डिनर), स्न्याक्स (खाजा) तथा सीमित पेय पदार्थ पाइने क्लबका अध्यक्ष गौतम गुप्ताले बताए । कार्यक्रममा ३५० देखि ४०० जनाको सहभागीता हुने लक्ष्य राखिएको उनले बताए । निश्चित टिकट त्यो पनि विभिन्न कर्पोरेट हाउसका व्यक्तिहरु उपस्थित हुने भएकाले कार्यक्रम आकर्षक भव्य हुने अध्यक्ष गुप्ताले बताए ।

    कार्यक्रमको मुख्य प्रायोजक होटल बोधी रेडशन तथा सह–प्रायोजकमा टुबोर्ग बियर तथा प्रायोजकमा युएसपीएफसी तथा मौर्य होटल रहेका छन् ।

    पत्रकार सम्मेलन कार्यक्रमका संयोजक शंकर पाण्डेको स्वागत तथा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सचिव सुरज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij