images

सोमवार, बैशाख १७ गते २०८१

रोट्रयाक्ट क्लब अफ भैरहवाको अध्यक्षमा अंकित पौडेल

रोट्रयाक्ट क्लब अफ भैरहवाको अध्यक्षमा अंकित पौडेल

images
images
images
सोमवार, भाद्र २० २०७९
सोमवार, भाद्र २० २०७९
  • रोट्रयाक्ट क्लब अफ भैरहवाको अध्यक्षमा अंकित पौडेल

    भैरहवा, २० भदौ ।
    रोट्रयाक्ट क्लब अफ भैरहवाको छैठौं पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष अंकित पौडेल तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।
    अध्यक्ष पौडेललाई रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डी.आर. आर. रोट्रयाक्टर लक्ष्मण खरेलले सपथग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष पौडेलले क्लबका पदाधिकारीलाई र जोन १८ का जेडआरआर रोट्रयाक्टर बिरु कुमार गुप्ताले नयाँ सदस्यलाई सपथग्रहण गराएका थिए ।

    images

    वर्ष २०२२–२३ को निवर्तमान अध्यक्षमा लक्ष्मण रेग्मी, निर्वाचित अध्यक्षमा प्रविन राना, प्रथम उपाध्यक्षमा आशिक क्षेष्ठ, द्वितीय उपाध्यक्षमा आकाश बस्याल, सचिवमा गोविन्द प्रसाद सापकोटा, कोषाध्यक्षमा नारायण न्यौपाने, सह–कोषाध्यक्ष जीवन आचार्य, सर्जेन्ट एट आमर्समा श्रुति शर्मा ढकाल, क्लब एडमिनमा नोबेल आचार्य, प्रोफेसनल डेभलपमेण्ट चेरमा गणेश गैरे, मेम्बरसिप डेभलपमेण्टमा सन्जना क्षेत्री, पब्लिक ईमेज चेरमा स्वेता केसी, इन्टरनेशनल रिलेशन चेरमा आकृति पाण्डे रहेका छन । त्यस्तै क्लबको सल्लाहकारमा संजिब शर्मा रेग्मी, प्रकाश शर्मा, माधब न्यौपाने, किरण सापकोटा र सरिता राना रहेका छन् ।

    कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर सन्जय गिरीले भने रोट्रयाक्ट क्लबको सानो प्रयासले समाज मा केहि परिवर्तन ल्याउन सक्छ साथै रोट्रयाक्टमा युवाहरु हुने भएकोले अरु भन्दा छुट्टै जोस, जाँगर र नयाँनयाँ कार्यक्रम पनि देखिने पाइएको छ ।

    त्यस्तै विशिष्ट अतिथि वर्ष २०२१–२२ का अध्यक्ष लक्ष्मण रेग्मीले ५५ वटा कार्यक्रम गरी रोट्रयाक्ट डिष्ट्रिकबाट ११ वटा अवार्ड पाउन सफल भएकोमा बधाई दिदै यो वर्ष अंकित पौडेललाई चुनौति पनि भएको बताए ।

    rotaract.jpg

    कार्यक्रममा प्रमुख अतिथि पूर्व डी.जी. संजय गिरी, सम्मानित अतिथिहरुमा निर्वाचित डी.जी. राजेन्द्र ध्वजु , मनोनित डि.जी. राजेन्द्रमान शेरचन, डी.आर.सी. चेयर दुर्गादेव सुवेदी, डी.आर.आर. लक्ष्मण खरेल, सर्भिस प्रोजेक्ट चेयर एजाज आलम, विशिष्ट अतिथिहरुमा रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा पब्लिक इमेज चेयर राजकुमार गुप्ता, रोट्रयाक्ट क्लब अफ भैरहवाका सल्लाहकार तथा ए.जी. संजिव शर्मा रेग्मी, रोट्रयाक्ट भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्मा, जोन १८ का जेड.आर.आर. बिरु कुमार गुप्ता आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    वर्ष २०२२–२३ का अध्यक्ष अंकित पौडेलले रोट्रयाक्ट भैरहवाको छवि गरिमा कहिले कम हुन नदिने प्रतिवद्वता दिइ रोट्रयाक्ट भैरहवालाई साथ सहयोग गर्ने बाग्लुङ कालिका बोरा उद्योग, भी फाईभ एजुकेशन कन्सलटेन्सीलाई सदैव सहयोग पाइरहेको र आगामी दिनमा पनि सहयोग पाउने विश्वास लिइ धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij