
शुक्रवार , मंसिर १९, २०७७
भैरहवा, १९ मंसिर ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ स्थित लुम्बिनी अपांग दृष्टिविहीन अनाथ आश्रमलाई राहत सामाग्री वितरण गरेको छ ।
क्लबले आश्रमलाई टेलिभिजन, न्यानो कपडा, कपडा राख्नको लागि टिन बक्स, दिउँसोको खाजा, २५ के.जी. दाल, पानी तताउने २ लिटरको इलेक्ट्रिक वाटर हिटर, कम्मल लगायतका सामाग्री वितरण गरेको कार्यक्रम संयोजक विशाल अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु का स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले क्लबले अपांग अनाथ आश्रममा राहत सामाग्री वितरण गर्नु प्रशंसनीय रहेको बताए ।
त्यस्तै रिजन चेयरपर्सन आशिष कृष्ण श्रेष्ठ, लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु एरिया-४ का चिफ सन्दिप कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका गाइडिङ लायन तथा इभ्यालुयसन हेड विनोद खरेल, आश्रमका अध्यक्ष मिरा कुमारी खड्का लगायतले बोल्दै क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।
क्लबका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता तथा सचिव विपिन साहको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका संस्थापक अध्यक्ष एवं जोन ७३ का जोन चेयरपर्सन ओम जैसी, क्लबका सल्लाहकार सन्दिप अग्रवाल, क्लबका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक चेयरपर्सन दिपक कौशल, क्लबका प्रथम उपाध्यक्ष महेश नेपाल, द्वितीय उपाध्यक्ष मोहन थापा, सह–कोषाध्यक्ष प्रमोद रिजाल लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij