images

सोमवार, बैशाख १७ गते २०८१

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ र लेडी युथद्वारा विद्यालयमा पोशाक वितरण

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ र लेडी युथद्वारा विद्यालयमा पोशाक वितरण

images
images
images
बुधवार, भाद्र २२ २०७९
बुधवार, भाद्र २२ २०७९
  • लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ र लेडी युथद्वारा विद्यालयमा पोशाक वितरण

    भैरहवा, २२ भदौ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभ र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको संयुक्त आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरिएको छ । विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको लायन्स सिद्धार्थनगर प्रोगेसिभका अध्यक्ष सुनिल सेञ्चुरीले जानकारी दिए । दुई क्लबको वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्ने क्रममा शिक्षा क्षेत्रमा रहेर क्लबले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको लायन्स सिद्धार्थनगर लेडी युथकी अध्यक्ष सबा खानले बताइन् । यो विद्यालयलाई विगतदेखि नै लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले अपनत्व लिइ विभिन्न किसिमका  कार्यक्रम गर्दै आएको खानले जानकारी दिइन् । 

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यालयको पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि नगरपालिका कटिबद्ध रहेको बताइन् । उनले लायन्सले विद्यालयमा गरेको कार्य सराहनीय रहेको बताइन् । सरकारको ध्यान जान नसकेको क्षेत्रमा विभिन्न सामाजिक संघ–संस्थाहरुले समन्वय गर्दै अगाढी बढेको बताउँदै यस्ता कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

    विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर पीएमजेएफ नवराज न्यौपानेले लायन्स क्लबहरु समाजसेवामा काम गर्ने भएकाले क्लबहरुलाई काममा केन्द्रीत हुन आग्रह गरे । 

    लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ सिद्धार्थनगरका सल्लाहकार प्रेम कुमार सेन्चुरीले लायन्स क्लबले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गरिरहेको र कामलाई प्रभावकारी बनाउन क्लबहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा जोन चेयरपर्सन नेत्र प्रसाद आचार्य, दुर्गा आचार्य, रिजन चेयरपर्सन अभिनव मयुर कसौधन, एरिया कोषाध्यक्ष विनय कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष महेश थापा लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम गणेश रसाईली र तृप्ती वर्माको संयोजन तथा लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका सचिव संजोगराज तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij