
शुक्रवार , मंसिर १९, २०७७
भैरहवा, १९ मंसिर ।
राष्ट्रिय एचआइभी एड्स महासंघ र नमुना एकीकृत विकास परिषद्को आयोजना तथा सेभ द चि चिल्ड्रेनको सहयोगमा स्थानीय तहसंग एचआईभी संक्रमितको मानव अधिकार विषयक अभिमुखीकरण कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन धेरै समस्या देखिदै गएको बताए । उनले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी लागेकोले यसप्रति सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।
नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले एचआइभी संक्रमित पहिचान हुनासाथ तत्कालै एआरटी सेवा दिए अरुमा सार्नबाट बचाउन सकिने बताइन् । उनले छिट्टै पहिचान गर्ने विधिहरु आइसकेको बताइन् । पौड्यालले अस्पतालको क्षमता बढाउनुपर्ने बताइन् । उनले खुल्ला सिमा कारण भैरहवा क्षेत्र पनि एचआईभीको जोखिममा रहेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय एचआइभी एड्स महासंघ लुम्बिनी प्रदेशका सुपरभाइजर अर्जुन ज्ञवाली र नमुना एकीकृत विकास परिषदका परियोजना व्यवस्थापक सुमितराज भण्डारीले एचआईभी÷एड्स सम्बन्धित योजना तथा रणनीति लगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij