२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

पाँच वर्षीया बालिका बलात्कृत 

बिहिवार , भाद्र २३, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • झापा, २३ भदौ  । झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ । 

    भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।