२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

२० औं लिस्नुकप फुटबल प्रतियोगिता ः अञ्चलपुर युवा क्लब क्वाटरफाईनलमा

बिहिवार , भाद्र २३, २०७९

भैरहवा, २३ भदौ ।
अञ्चलपुर युवा क्लब भैरहवा, रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बिहीबार कोटिहवास्थित पशुपति माध्यमिकको खेल मैदानमा सम्पन्न खेलमा मुर्गिया फुटबल क्लब सैनामैनालाई ५–१ गोल अन्तरले पराजित गर्दै अञ्चलपुरले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । अञ्चलपुरको जितमा रोशन रानामगरले ४ गोल तथा नितिन थापाले १ गोल गरेका थिए ।

पुर्बाद्र्धको ११ औं मिनेटमा अञ्चलपुरका रोशन राना मगरले पहिलो गोल गर्दै १–० ले अग्रता दिलाए । पहिलो गोल गरेको एक मिनेट नबित्दै रोशनले १२ मिनेटमा गोल गर्दै अग्रता २–० पुर्याए । २५ मिनेटमा फेरी रोशनको प्रहारले जाली चुम्दा अग्रता ३–० मात्र बनाएन आफनो हैट्रिक समेत पुरा गरे । 

पुर्बाद्र्धमा ३–० गोल अन्तरले पछि परेको मुर्गियाका लागि सुजन थारुले उत्तराद्र्धको ५१ औं मिनेटमा आकर्षक गोल गर्दै अन्तरलाई ३–१ बनाए । एक गोल फर्काएको मुर्गियाले खेलमा फर्किएको देखिए जस्तो भए पनि उसले पाएका प्रहारहरु केही पोलमा लागेर फर्कियो भने केही बल आकाशियो ।

उत्तराद्र्धको ७४ मिनेटमा रोशन राना मगरले गोल गरे । उनले गोलसँगै ४–१को अग्रता दिलाउन सफल भए । ४ गोल खाइसकेको मुर्गियाले ७७ मिनेटमा अर्को गोल खान पुग्यो । अञ्चलपुरका नितिन थापाले गोल गर्दै ५–१को अग्रता पुर्याए । अन्तत:  ८० मिनेटको खेलमा अञ्चलपुर विजयी हुँदै क्वाटरफाईनलमा स्थान सुरक्षित गर्यो ।

टीमलाई क्याटरफाईनलमा प्रवेश गराउन अहम भूमिका खेल्दै ४ गोल गर्ने अञ्चलपुरका रोशन राना मगर म्यान अफ द म्याच घोषित हँुदै ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोही स्थानकी श्रीमाया गुरुङले आफना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतियोगिता अन्र्तगत शुक्रबारको खेल वालिङ नगरपालिका, स्याङजा तथा नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटीपिपल, रुपन्देहीबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।

डा. थापाको सन्यास

अञ्चलपुर युवा क्लबका पुराना खेलाडी प्रसिद्ध न्यूरो सर्जन चिकित्सक डा. लेखजंग थापाले बिहीबार मुर्गियासँगको खेलपछि फुटबल खेलबाट विश्राम लिएका छन् । पेशाले चिकित्सक रहे पनि समय मिलाउँदै फुटबल खेल्दै आएको बताउने डा. थापाले धेरैपटक लिस्नु कप फुटबल खेलेको भन्दै एकपटक डबल ह्याट्रिक समेत गरेको स्मरण गरे ।  आफ्नो अन्तिम खेल अविस्मरणीय रहेको जनाउँदै अब फुटबल नखेले पनि आफनो रगत रगतमा फुटबल रहेको र आफू आबद्ध क्लब अञ्चलपुर युवा क्लबमा मात्र नभइ अन्य क्लबलाई केही सहयोग आवश्यक भए आफू सदैव तयार रहेको बताए । उनले अन्तिम खेल जर्सी नम्बर ७ लगाएर खेलेका थिए । जर्सिमा स्मरणका लागि नाम लेखजंग पनि लेखिएको थियो । फुटबल खेलबाट सन्यास लिएको घोषणा गरे पश्चात उनलाई अञ्चलपुर युवा क्लबका अध्यक्ष सुर्य कुमार सारु मगर, सचिव रोशन खनाल, आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तीर्थराज मल्ल, मुख्य प्रायोजक श्रीमाया गुरुङ लगायतले खादा लगाइदिएका थिए  भने त्यहाँ उपस्थित सबैले उनको जर्सीमा हस्ताक्षर गरेका थिए ।