२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना  

शुक्रवार , भाद्र २४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २४ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् ।

    मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।

    ‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिएका थिए। हौसला प्रदान गरे,’ एक खेलाडीले भनिन् ।

    २१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।

    समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साविक तथा प्रतियोगिताको एकमात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ । न्युज कारखाना