२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिम्रिक युथ क्लबमा सोम थापा

शनिवार , भाद्र २५, २०७९

बुटवल, २५ भदौ ।

सिम्रिक युथ क्लबको प्रथम साधारणसभा तथा अधिवेशनले सोम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन भएको हो । शनिबार बसेको क्लबको अधिवेशनबाट उपाध्यक्षमा नर बहादुर श्रीष, सचिवमा भरत बहादुर राना, सह–सचिवमा विकास गुरुङ, कोषध्यक्षमा राम बहादुर थापा तथा सदस्यहरुमा महेश्वर शर्मा, डम्बर बहादुर राना (विकास) चयन भएको निर्वाचन अधिकृत उद्यवचन्द्र गौतमले जानकारी दिए ।

एक समारोहकाबीच अध्यक्ष मदन शेरचनले नवनिर्वाचित अध्यक्ष सोम बहादुर थापालाई माइन्यूट हस्तान्तरण गर्दै थप योजनासहित अघि बढ्न सुझाव दिए । उमेर समूहको खेलाडी उत्पादनमा अखिल नेपाल प्रशिक्षक संघका उपाध्यक्ष याम बहादुर गुरुङको सहयोगमा चलाएको उनले बताए ।

क्लबका नवनिर्वाचित सचिव भरत बहादुर रानाले क्लबको क्रियाशिलता बढाउँदै नव प्रतिभावान खेलाडीहरुलाई प्लटफर्म दिने योजना रहेको बताए । क्लबले यसअघि जिल्लामा सञ्चालन भएको झरना रनिङ कप, कोकाकोला कप, जिल्ला लिग लगायत चुमेको थियो ।