२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

हरियाली सहकारीको साधारण सभा तथा अधिबेशन सम्पन्न

शनिवार , मंसिर २०, २०७७

बुटवल, २० मंसिर । बुटवलकै पुरानो सहकारी मध्ये एक मानिने हरियाली बहुउद्देस्यिय सहकारी संस्थाले लगानीका नयाँ क्षेत्रहरुको पहिचान गर्दै शैक्षिक क्षेत्रमा लगानी बिस्तार गर्ने निर्णय गरेको छ । सस्ंथाको २३ औं बार्षिक साधारण सभा तथा ८ औं अधिबेशनमा शिक्षा क्षेत्रमा उच्च शिक्षा अध्ययन, बिद्यावारिधी, कृषि क्षेत्रमा ९ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म लगानी गर्ने निर्णय गरिएको छ । 

बिसं २०५४ सालमा स्थापना भएको सो सहकारीको अधिबेशनले आगामी ३ बर्षका लागि सिद्धार्थ कुमार उदयको अध्यक्षतामा निर्बिरोध रुपमा नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचन समितिका संयोजक महेन्द्र प्रसाद पाण्डेले बताए अनुसार उपाध्यक्षमा बेधानिधी रिजाल, सचिवमा राजु भारी, कोषाध्यक्षमा प्रदिपमान सिमांगैडा, सदस्यहरुमा देबेन्द्र कुमार श्रेष्ठ, धु्रव प्रसाद लिगल, रमेशमान शाक्य, शिव कार्की, देवी सिमांगैडा र ज्वाला पाण्डे पनि निर्बिरोध चयन भएका छन् ।

यसैगरि अधिबेशनले प्रेमप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्सिय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा मोंगराज पौडेल र शिव कार्की रहेको अधिबक्ता पाण्डेले बताएका छन् । 

यसअघि साधारण सभामा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष सिद्धार्थ कुमार उदयले कोभिड १९ कारण धरासायी भएको मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सहकारीहरुको भुमिका महत्वपुर्ण हुने बताए । संस्थाका सल्लाहकार हरिध्वज मल्लले सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप अघि बढ्दै सहकारीहरुले आगामी दिनमा पुर्ण ब्यबसायिक बन्नु पर्नेमा जोड दिएका थिए । 

सो अवसरमा सहकारीका सल्लाहकारहरु डा. रमेशमान सिंह, आशा श्रेष्ठ, उपाध्यक्ष बेधानिधी रिजाल, निर्वाचन संयोजक महेन्द्र प्रसाद पाण्डे, कोषाध्यक्ष प्रदिपमान सिमांगैडा, सदस्यहरु देवी सिमांगैडा, शिव कार्की, ध्रुव लिगल, रमेश शाक्य लगाएतले सहकारीको महत्व र यसले समाजमा खेलेको भुमिकाबारेमा चर्चा गरेका थिए । 

करिब ५ सय सदस्यहरु रहेको सो सहकारीको साधारण सभाले लगानीको नयाँ क्षेत्रहरु पहिचान गरेको छ । उच्च शिक्षा हासिल गर्न, बिद्याबारिधी प्राप्त गर्न, लगाएत शैक्षिक क्षेत्रमा र संस्थागत कृषि क्षेत्रको उत्थान गर्ने उद्देश्यले १५ लाखसम्म लगानी गर्ने निर्णय गरेको छ ।