images

शुक्रवार, चैत्र १६ गते २०८०

झरना कप सुरु : उद्घाटन खेलमा लिस्नु युवा क्लब बिजयी

झरना कप सुरु : उद्घाटन खेलमा लिस्नु युवा क्लब बिजयी

images
images
images
बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • झरना कप सुरु : उद्घाटन खेलमा लिस्नु युवा क्लब बिजयी

    तिलोत्तमा, ३० भदौ ।
    बिहीबारदेखि झरना स्पोर्टस क्लबको आयोजनामा ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । बिहीबार सम्पन्न उद्घाटन खेलमा लिस्नु युवा क्लबले नव युवा क्लब ठुटीपीपललाई १ का विरुद्ध २ गोल गर्दै विजयी भएको छ । वर्षा भएपछि निर्धारित समय भन्दा केही ढिलो सुरु भएको सो खेल अवधिभर दर्शकले निकै मनोरञ्जन लिएका दिए ।

    images
    images
    images

    तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको खेलमा लिस्नु युवा क्लबले नव युवा क्लब ठुटीपीपललाई पहिलो हाफमा १ गोल र त्यसपछि दोस्रो हाफमा १ गोल गरी १ का विरुद्ध २ गोल गर्दै विजयी भएको हो ।

    प्रतियोगिता अन्तर्गत भोली (शुक्रबार) इन्टरस्पोर्ट्स क्लब बुटवल र बहुजातीय एकता समाज मडाहाबीच प्रतिष्पर्धा हुने आयोजकका झरना स्पोर्टस क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए ।

    प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा लोक पुनले बिहीबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले स्थानीयस्तरबाट खेल सुरु गरी इतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको बताए । उनले यस क्षेत्रको शानको रुपमा स्थापित यस खेलसँगै सामाजिक सेवामा अग्रसर क्लबको खेल प्रतियोगिताको सफलताको शुभकामना दिए ।

    प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गंगा बहादुर पुनले बताए ।

    हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्न महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij