२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

शिक्षासँगै सामाजिक कार्यमा अघि बढ्दै एबीएस

शुक्रवार , भाद्र ३१, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ३१ भदौ । 
    एनअदर बेस्ट स्कूल प्रा.लि. (एबीएस)को संयुक्त आयोजनामा लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको हो । उक्त कार्यक्रममा बाल गृहमा रहेका बालबालिकाहरुलाई खेलकुद तथा कापी कलम वितरण गरेको छ । सामग्री वितरणसँगै साँस्कृतिक तथा उत्प्रेरणा कार्यक्रम गरी बाल दिवस मनाइएको थियो । नेतृत्वसीप तथा सीपमुलक कार्यक्रम सञ्चालन गरिएको थियो । 

    कार्यक्रममा गास, वास र कपास पहिलो आवश्यकता हो र अहिले बासको नै भरपूर्ण आवश्यकता रहेको बालगृहकी सञ्चालक कृष्ण माया गुरुङले बताइन् । 

    सेवा नै धर्म हो भन्दै बाल दिवसको अवसरमा सेवा गरेर धर्म कमाउन सबैको आवश्यता पूरा गर्न सक्दैनन् तर सबै मिलेर एक आवश्यकता अवश्य पुरा गर्न सकिन्छ भन्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।

    सुनिल सुनारको सञ्चालनमा भएको कार्यक्रममा नम्रता पन्थी, विनम्रता पन्थी, श्रेया मल्ल ठकुरी र एबीएसका संस्थापक विकाश तिवारीको उपस्थिति रहेको थियो ।