images

शुक्रवार, बैशाख १४ गते २०८१

सामूहिक विद्यालय परिवारको आयोजनामा स्मरण खेल प्रतियोगिता 

सामूहिक विद्यालय परिवारको आयोजनामा स्मरण खेल प्रतियोगिता 

images
images
images
शुक्रवार, भाद्र ३१ २०७९
शुक्रवार, भाद्र ३१ २०७९
  • सामूहिक विद्यालय परिवारको आयोजनामा स्मरण खेल प्रतियोगिता 

    भैरहवा, ३१ भदौ ।
    सामूहिक विद्यालय परिवारको आयोजनामा स्मरण खेल (मेमोरी गेम) प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरुलाई ४० वटा फरकफरक वस्तुहरु राखेर पहिचान गर्न लगाउने खेल प्रतियोगिता भएको हो ।

    images

    शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका १७ वटा विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए । छात्रतर्फ मनकामना बोर्डिङ हाइ स्कूलका अबसोज खान प्रथम, सनसाइट बोर्डिङ स्कुलका अनिस चौधरी दोस्रो, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तेस्रो र युनिक होम्स स्कूलका आयुसेक घर्ती सान्त्वना भएका थिए । 

    त्यस्तै छात्रातर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम, मिर्नवा हाई स्कूलकी लिजा गुरुङ दोस्रो, मनकामना हाई स्कूलकी सरिना क्षेत्री तेस्रो र एभरेष्ट मोर्डन स्कूलकी प्रियंका जैसवाल सान्त्वना भएकी थिइन् ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले विद्यार्थीको अतिरिक्त सिकाइको लागि सामूहिक विद्यालय परिवारले कार्यक्रम गरेको बताए । उनले विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रुपमा विद्यालय लाग्न आग्रह गरे ।

    सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदय कुमार मल्लिकले विद्यार्थीहरु हरेक क्रियाकलापमा सक्रिय हुनुपर्ने बताए ।
    परिवारका पूर्वअध्यक्ष राजकुमार गुरुङले मानिसको स्मरण शक्ति भएकोले सर्वश्रेष्ठ प्राणी भएको बताउँदै विद्यार्थीहरु लगनशील भएर अध्ययन गर्नुपर्ने बताए । सामूहिक विद्यालय परिवार रुपन्देहीका १८ विद्यालयमध्ये १७ विद्यालयले कार्यक्रममा सहभागिता जनाएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij