२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

महिलालाई आत्मरक्षा तालिम 

आइतवार , मंसिर २१, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बुटवल, २१ मंसिर ।
    रुपन्देही स्कुल तेक्वान्दो विकास समिति र सहस्रनगर युवा परिवारको आयोजनामा शनिबार लुम्बिनी बोर्डिङ स्कुल प्रांगणमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । तालिमको लुम्बिनी प्रादेशिक अस्पतालका संचालक समितिका सदस्य रिज्जु श्रेष्ठ, वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङ, वडा सदस्य सरस्वती कुवर, गोमा विक, लिला श्रेष्ठ, क्याम्पो खुकुरी मार्शल आर्ट संघ केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, प्रदेशका कोषाध्यक्ष रमेश न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

    स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डे र सचिव राजिवसिह क्षेत्रीले सहभागिहरुलाई आत्मरक्षाबारे प्रशिक्षण दिएका थिए । तालिममा वडा नम्बर ३ का करीब ५० जना महिलाहरुको सहभागिता रहेको थियो । आक्रमण हुदा कसरी रोक्ने, हान्ने र छेक्ने जस्ता विभिन्न विधि प्रशिक्षणमा सिकाइएको थियो । कार्यक्रममा चिडियाखोला आमा समुह र सहस्र नगर आमा समुहका पदाधिकारीहरु समेत महिलाहरुको सहभागिता रहेको थियो । 

    स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डेले करीब २ वर्षदेखि निरन्तर विद्यालय, स्थानीय तहहरुमा आत्मरक्षाका कार्यक्रमहरु चलाउँदै आएको बताए ।