२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

रोटरीमा लैंगिक हिंसाबारे चर्चा

आइतवार , मंसिर २१, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, २१ मंसिर ।
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५३ औं नियमित बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ । कोभिड–१९ कारण नियमित बैठकलाई समय तालिका बनाएर भर्चुअल र भौतिक उपस्थिति गरी संचालन गर्दै आएको क्लबको शनिबार बैठकमा लैंगिक हिसाबारे चर्चा गरिएको थियो । 

    कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले १६ दिने लैंगिक हिसाविरुद्धको अभियानलाई साथदिने रुपमा बैठकमा सहभागीबीच छलफल गरिएको बताए । लैंगिक हिसालाई सामान्यतया समाजमा महिलामाथि हुने हिसाका रुपमा व्याख्या गरिदै आएको भन्दै उनले समाजमा हुने सबै किसिमका हिंसा अन्त्यका लागि सबेैको पहल जरुरी रहेको बताए । 

    समाजमा शान्ति कायम गराउने जिम्मेवारी पाएको प्रहरी सक्रिय भइदिए ठूलो उपलब्धि हासिल हुने उनले बताए । कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, देवीलाल भट्टराई, सचिव दिपक भट्टराई, सह–सचिव अर्जुन आचार्यले हिंसा एउटा घरबाट सुरु भएर समाजमा जाने भन्दै यसलाई रोक्न प्रहरी, प्रशासनबाट विशेष पहल जरुरी रहेको बताए ।