images

बिहिवार, बैशाख १३ गते २०८१

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

images
images
images
शनिवार, आश्विन १ २०७९
शनिवार, आश्विन १ २०७९
  • प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    काठमाडौं, १ असोज ।

    images

    राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन्  । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए ।

    पाँच केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द दुई तोला सुनले कुँदिएको स्वर्ण शब्दसहित काठको बेसमा बनाएको छ । ट्रफी १० लाख मूल्य बराबर छ ।

    राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं एथलेटिक्स खेलाडी निलेन्द्र राज श्रेष्ठ रहेका छन् ।

    ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिन खर्चेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ ।

    ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृति अनुरुप कुनै पनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पुजा गरेपश्चात मात्र कार्य सुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij