२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

आश्रममा लायन्स क्लब बुटवलको सहयोग

आइतवार , मंसिर २१, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, २१ मंसिर । 
    लायन्स क्लब अफ बुटवलले रुपन्देही दृष्टिविहिन आश्रममा जिन्सी सहयोग गरेको छ । बुटवल १३ जवईमा रहेको आश्रममा कार्यक्रममा गरी क्लबका अध्यक्ष सञ्जय कलवार जयसवाल, बुटवल वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनले आश्रमका अध्यक्ष पदम नेपालीलाई जिन्सी प्रदान गरेका हुन । 

    क्लबले १० थान सिरक, १० थान न्यानो डसना, २० थान सिरानी, १० थान फोल्डीङ्ग बेड, १० थान तन्ना प्रदान गरेको हो । 
    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनले अपांगता, दृष्टिविहिनता भएका व्यक्तिहरुलाई क्लबले गरेको सहयोगको प्रशंसा गरे ।

    क्लबका अध्यक्ष जयसवालले सामाजिक सेवा भावले आफुहरुले सहयोग गरेको भन्दै आगामी दिनमा पनि  समाजिक क्षेत्रमा सहयोग गर्दै जाने प्रतिवद्धता समेत जनाए ।