२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

भैरहवामा भगवान विश्वकर्मा बाबाको पूजा

शनिवार , आश्विन १, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १ असोज ।
    विश्वकर्मा मन्दिर सञ्चालक समिति सिद्धार्थनगरको आयोजनामा भैरहवामा भगवान श्री विश्वकर्मा बाबाको पूर्जा अर्चना कार्यक्रम सम्पन्न भएको छ । 

    सिद्धार्थनगर नगरपालिका–४ लुम्बिनीरोडस्थित भगवान श्री विश्वकर्मा मन्दिरमा पूजा अर्चना गरिएको विश्वकर्मा मन्दिर सञ्चालक समिति सिद्धार्थनगरका अध्यक्ष रामकिसन विश्वकर्माले बताए । 

    पूजाअघि प्रभातफेरी कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुनिल सेन्चुरीले बताए । भैरहवास्थित देवकोटाचोकबाट शनिबार बिहान सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा गरी विश्वकर्मा मन्दिरमा पुगेर पूजा कार्यक्रम सुरु भएको सेन्चुरीले जानकारी दिए ।

    307302885_5469827876399396_21884276101651541_n.jpg

    विश्वकर्मा मन्दिर सञ्चालक समिति सिद्धार्थनगरका अध्यक्ष रामकिसन विश्वकर्माको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, समाजसेवी प्रेम कुमार सेन्चुरीको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिष कुमार कौशल (दीपक)को स्वागत तथा राजन रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।