images

शनिवार, बैशाख १५ गते २०८१

लन टेनिसमा न्यु होराइजनका निश्चललाई दुई स्वर्ण

लन टेनिसमा न्यु होराइजनका निश्चललाई दुई स्वर्ण

images
images
images
आइतवार, आश्विन २ २०७९
आइतवार, आश्विन २ २०७९
  • लन टेनिसमा न्यु होराइजनका निश्चललाई दुई स्वर्ण

    बुटवल, २ असोज ।
    काठमाडौंमा जारी लन टेनिस प्रतियोगितामा बुटवल न्यू होराइजनका निश्चल ज्ञवालीले दुईवटा स्वर्ण हात पारेका छन । टीम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा काठमाडौंमा भएको टीम टेनिस नेपाल जुनियर खुल्ला प्रतियोगिता २०७९ को यु–९ र यु–१० उमेर समूहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेका हुन । 

    images

    आइतबार भएको पहिलो खेलमा यु–९ उमेर समुहमा ज्ञवालीले विश्व विशेष डल्लाकोटीलाई ५–३, २–४ र १३–११ को सेटमा पराजित गर्दै उपाधि चुमे । त्यसै गरी यु–१० उमेर समूहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १–६, ६–३, १०–५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन् । ज्ञवाली न्यु होराइजनमा कक्षा ५ मा अध्यरत छन । 

    नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले देशभरमा लन टेनिसको उमेर समूहका खेलाडी उत्पादन भइरहेको बताए । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ उमेर समूह र खुल्ला ईभेन्ट गरी देशभरबाट एक सय बढी खेलाडीहरु सहभागी छन । बुटवल लन टेनिस कोर्टमा हाल विभिन्न उमेर समूहका दुई दर्जन बालबालिकाहरु लन टेनिस प्रशिक्षण लिइरहेका छन् । 

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij