images

शनिवार, बैशाख ८ गते २०८१

२० औं लिस्नु कप : साविक विजेता फर्साटिकर एफसी फाइनलमा

२० औं लिस्नु कप : साविक विजेता फर्साटिकर एफसी फाइनलमा

सोमबार उपाधिका लागि लिस्नुसँग खेल्दै

images
images
images
आइतवार, आश्विन २ २०७९
आइतवार, आश्विन २ २०७९
  • २० औं लिस्नु कप : साविक विजेता फर्साटिकर एफसी फाइनलमा
    म्यान अफ द म्याच पुरस्कार : फर्साटिकर एफसीका निरज चौधरीलाई प्रदान गर्दै तिलोत्तमा नगरपालिका–१४ का वडाअध्यक्ष आश्विन पौडेल ।

    भैरहवा, २ असोज ।
    साविक विजेता फर्साटिकर फुटबल क्लब (एफसी)ले लिस्नु कप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमीफाइनलमा फर्साटिकरले सञ्जीवनी युवा क्लब देवीनगर बागधुरालाई २–१ गोलले पराजित गर्दै लिस्नु कपको उपाधि नजिक पुगेको हो ।

    images
    images
    images

    फर्साटिकरले अब उपाधिका लागि सोमबार कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा आयोजक लिस्नु युवा क्लबसँग खेल्नेछ । खेल सकिन ८ मिनेट बाँकी रहदासम्म १ गोलले अग्रता लिएको सञ्जीवनी अन्तिम समयमा आएर सम्हालिन नसक्दा सेमीफाइनलबाट विदा लिनुपर्यो ।

    दुवै टिमले पुर्बाद्र्ध (मध्यान्तर) सम्म गोलरहित बराबरी खेलेका थिए । ६८ मिनेटमा फर्साटिकरका खेलाडी नरेन्द्र चौधरीले डी एरिया क्षेत्रमा सञ्जीवनीका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकोमा सञ्जीवनीका विजय श्रेष्ठले सहजै गोल गरी १–० को अग्रता दिलाउन सफल भएका थिए ।

    ७८ मिनेटमा सञ्जीवनीका कप्तान आशिष गुरुङले रातो कार्ड पाएपछि ८ खेलाडीमा सीमित भएको सञ्जीवनीको टीम त्यसपछि भने सम्हालिन सकेन् ।

    रक्षापंती कमजोर भएको फाइदा फर्साटिकरले उठाउन सक्यो । ८७ मिनेटमा निरज चौधरीले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भए । उनै चौधरीले ८९ मिनेटमा अर्को गोल गरे । उनको व्यक्तिगत दोस्रो गोलसँगै फर्साटिकरलाई २–१ को अग्रता प्राप्त भयो र अन्ततः साविक विजेताले उपाधि रक्षाका लागि फाइनलमा स्थान सुरक्षित गर्याे । टीमलाई उपाधि नजिक पुर्याएका फर्साटिकरका निरज चौधरी म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष आश्विन पौडलले पुरस्कृत गरे ।

    त्यस्तै गरी माईडियाको अधिकृत विक्रेता भैरहवाको प्रेम पदमा ट्रेडर्शद्वारा प्रायोजित माईडिया म्यान अफ म मुमेन्ट पुरस्कारबाट सञ्जीवनीका विजय श्रेष्ठ पुरस्कृत भए । श्रेष्ठलाई प्रेम पदमा ट्रेडर्शका प्रबन्धक कमल गुरुङले उपहार प्रदान गरे ।

    प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

    प्रतियोगितामा यसपटक सोही स्थानकी श्रीमाया गुरुङले आफना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

    प्रतियोगितामा सोमबार फाइनल खेल साविक विजेता फर्साटिकर फुटबल क्लब र आयोजक लिस्नु युवा क्लबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । पशुपति माविको मैदानमा हुने खेल दिउँसो २.३० बजे सुरु हुने र प्रतियोगिता हेर्न दर्शकले २ सय रुपैयाँ प्रवेश वापत टिकट लाग्ने आयोजकले जनाएका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij