२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

प्रवासी नेपाली एकता समाज राप्रपा नेपाल दुबईको अध्यक्षमा लम्साल

आइतवार , आश्विन २, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २ असोज ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल प्रवास विभाग संगठन विस्तार गरिएको छ । दुबईमा आइतबार आयोजित एक कार्यक्रमकाबीच संगठन विस्तार गरिएको प्रवासी नेपाली एकता समाज राप्रपा नेपाल प्रवास विभागका केन्द्रीय सदस्य नारायण प्रसाद पोखरेलले बताए ।

    जसअन्तर्गत प्रवासी नेपाली एकता समाज दुबईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा विधान तामाङ, उपाध्यक्षमा मान बहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णु प्रसाद सिलवाल रहेका छन् ।

    त्यसै गरी सदस्यहरुमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मान बहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, संजय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र सल्लाहकारमा टीकाराम सुवेदी रहेका छन् ।

    प्रवासी नेपाल एकता समाज राप्रपा नेपाल प्रवास विभागका केन्द्रीय सदस्य नारायण प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य तथा प्रवास विभागका सदस्य सचिव हरिहर प्रसाद जयसवाल (मनोज) लगायतले बोलेका थिए ।