२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपालको संविधान विषयक अन्तरक्रिया

सोमवार , आश्विन ३, २०७९

भैरहवा, ३ असोज ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीले संविधान दिवस–२०७९ को अवसरमा सोमबार नेपालको संविधान विषयक अन्तरक्रिया गरेको छ । संविधानमा भएको व्यवस्थामा समानताको अधिकार, शिक्षाको अधिकार, बालबालिकाको अधिकार, स्वास्थ्यको अधिकार तथा ऐनमा भएको निजी विद्यालयको व्यवस्थाबारे कार्यक्रममा छलफल भएको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताए ।

परिवारको अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सचिव सृजना पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सम्साद इद्रीसी, मनोज कुमार यादव, गम्भीर गुरुङ, महेश भुर्तेल, वसन्त पाण्डे, राजकुमार गुरुङ, प्रमोद यादव, सफल बस्नेत, दीपक थापा, चन्द्रप्रकाश न्यौपाने, राजेश यादव, गोकुल पोखरेल लगायतले बोलेका थिए ।