२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जनज्योती दोस्रो चरणमा

आइतवार , मंसिर २१, २०७७

बुटवल, २१ मंसिर ।
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा जनज्योती युवा क्लब, डिगरनगर विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा जनज्योतीले भैरव एफसी नवलपरासीलाई ट्राईबेकरमा ३–२ गोलले पराजित गरेको हो । निर्धारित समयमा गोल रहित बराबरीमा खेल सकिएपछि खेल ट्राईबेकरमा गएको थियो । जनज्योतीका सृजन श्रेष्ठ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । 

सोमबार दुई वटा खेलहरु हुनेछन । बिहान पहिलो खेल भैरहवा–११, भैरहवा र सम्पुर्ण एफसी सुपौली तथा दोस्रो खेल सराई एफसी, पाल्पा र सयपत्री युवा क्लबकाबीचमा हुने खेल संयोजक चक्र खड्काले बताए । 

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यसै गरी प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक चक्र बहादुर खड्काले बताए । 

प्रतियोगितामा पाल्पाको भ्याली एफसी, सराई एफसी, नवलपरासीको भैरव एफसी, रुपन्देहीको सयपत्री युवा क्लब, मजुवा एफसी, चरङे एफसी, जनज्योती क्लब डिङरनगर, सिद्धार्थ युवा क्लब भैरहवा, डि युनिटी खैरेनी, झरना स्पोटर्स क्लब, चादनी एफसी, फर्साटिकर युवा क्लब, सम्पुर्ण एफसी सुपौली, ढिकार एफसी देवदह, नवएकता युवा क्लब, राधाकृष्ण युवा क्लब, शिवनगर युवा क्लब, ठुठिपिपल एफसीसहित आयोजक सौभाग्य युवा क्लबका २ टिम समेत गरी २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन । प्रतियोगिताको प्रथम पुरस्कार राशी थैव परिवार र दोस्रो पुरस्कार शिवनगर सामुदायिक वनबाट सहयोग भएको प्रचार संयोजक कृष्ण कुमालले बताए ।