
सोमवार , मंसिर २२, २०७७
भैरहवा, २२ मंसिर ।
रुपन्देही युवा समूहले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा समूहले आइतबार भैरहवामा कार्यक्रम आयोजना गरी क्षेत्र नम्बर ३ मा क्षेत्रीय कमिटी विस्तार गरेको छ ।
ओजश शर्माको अध्यक्षतामा १३ सदस्यीय कमिटी विस्तार गरिएको समूहका रुपन्देही जिल्ला अध्यक्ष विशाल गुप्ताले जानकारी दिए । कमिटीको उपाध्यक्षमा तेजश न्यौपाने, अमन श्रेष्ठ, सचिवमा साकार न्यौपाने, कोषाध्यक्षमा भुवन बहादुर खत्री, सह–सचिवमा निशांक पौडेल र सह–कोषाध्यक्षमा निर्भिक ढुंगाना रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा अकुंश त्रिपाठी, सदस्यहरुमा राहुल विष्ट, शरद चतुर्वेदी, श्रीयांश पौडेल र युनेश न्यौपाने रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य इस्तियाक अहमद खानले रुपन्देही युवा समूहले निरन्तर सामाजिक कार्यलाई अगाडी बढाएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा समूहका संस्थापक आनन्द प्रसाद गुप्ता, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार, जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी, युवा नेता विशाल चौधरी, एडी गुरुङ, जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्ष सुमन शर्मा, जेसीआई सिद्धार्थ लेडी नेपालका पूर्व अध्यक्ष मंजु शर्मा लगाायतले बोलेका थिए ।
समूहका रुपन्देही जिल्ला अध्यक्ष विशाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा समूहका वरिष्ठ उपाध्यक्ष विशाल मिश्रा, कोषाध्यक्ष अभिषेक जयसवाल, विजय कार्की, सुशिला चौधरी, सिद्धार्थनगर नगर समितिका अध्यक्ष सन्त कुमार कुर्मी, बुटवल उपमहानगर समिति अध्यक्ष बिमल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला कोषाध्यक्ष अभिषेक जयसवालको संयोजकत्व तथा महासचिव कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशाल चौधरी र एडी गुरुङलाई समूहको सल्लाहकारमा मनोनित गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij