
सोमवार , मंसिर २२, २०७७
काठमाडौं, २२ मंसिर । निकट भविष्यमा हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ । काठमाडौँ जिल्ला क्रिकेट संघले आगामी पुष ११ गतेदेखि संचालन हुने प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा पुरुष खेलाडीको नाम असार्वजनिक गरेको हो ।
काठमाडौँ जिल्ला क्रिकेट संघका अध्यक्ष अमितवीर पाण्डेका अनुसार अस्मिना कर्माचार्यको कप्तानीमा महिला टोली तथा सञ्जम रेग्मीको कप्तानीमा पुरुष टोलीको घोषणा गरिएको छ । छनोट गरिएका महिला खेलाडीमा सुमन खतिवडा (उपकप्तान), कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई, रेनुका बस्नेत, करिश्मा गुरुङ, विपासा शाही, सृजना पुन, एनी पोखरेल र खुसी डंगोेल छन् । त्यसै गरी टोलीमा वैकल्पिक खेलाडीका रुपमा सुवेक्षा थापा मगर, माधवी चौधरी र विपना बम रहेका छन् ।
पुरुष टोलीका खेलाडीमा विभस्तु थापा (उपकप्तान), सुवास खकुरेल, नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, इसान पाण्डे, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदिपकुमार विक र राम चौधरी रहेको संघले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट संघलाई पत्राचार गरेको थियो । क्यानले मंसिर २१ गतेभित्र जिल्लाको टोली छनोट तथा पुस ७ गतेसम्म प्रदेशको टोली छनोट कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij