२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

तिलोत्तमा–६ मा निःशुल्क आँखा तथा मधुमेह शिविर

शनिवार , आश्विन ८, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल, ८ असोज ।
    लायन्स क्लब अफ बुटवल देउरालीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को सहकार्यमा लायन्स आँखा, मधुमेह जाँच तथा निःशुल्क औषधी वितरण कार्यक्रम गरिएको छ । एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाकाका प्रमुख रामकृष्ण खाँणले प्राविधिक मनोहर न्यौपानेलाई जाँच सामग्री हस्तान्तरण गरी शिविरको शुभारम्भ गर्दै ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको विषयमा सामाजिक संस्थाहरु लाग्नुपर्ने बताए । 

    कार्यक्रममा क्लबका अध्यक्ष रमेश पाण्डेले तिलोत्तमा नगरपालिका क्षेत्रमा आफूहरु केन्द्रित गरी धेरै कामहरु गर्दै आएको बताए । शिविरमा २ सय ६६ जनाको आँखा परीक्षण, २ सय मधुमेह परिक्षण गरिएको सह–संयोजक राजकुमार गुप्ताले बताए । त्यसै गरी परीक्षणको क्रममा २६ जनालाई मोतिबिन्दु देखिएकोले शल्यक्रिया निःशुल्क गर्न लायन्स आँखा अस्पताल सिफारिस गरिएको उनले बताए । 

    कार्यक्रममा तिलोत्तमा वडा नम्बर ६ का वडाअध्यक्ष गणेश पाठक, लायन्स डिष्ट्रिक ३२५ (पी) का फष्ट भिजिी अर्जुनमान सैजु, सकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ, क्लबका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, क्लबका सेकेण्ड भिपी कृष्ण प्रसाद भण्डारी, निर्वतमान अध्यक्ष ज्ञान प्रसाद पौडेलले लायनवादमार्फत समाज रुपान्तरणको अभियानलाई सफल बनाउने अभियानमा सबैको हातेमालो रहेको बताए । त्यसै गरी आनन्दबन स्वास्थ्य चौकी परिसरमा रहेको लायन्स देउराली बाटिका सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।