images

बुधवार, बैशाख १२ गते २०८१

लुम्बिनी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनौट प्रतियोगितामा रुपन्देही प्रथम

लुम्बिनी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनौट प्रतियोगितामा रुपन्देही प्रथम

images
images
images
शनिवार, आश्विन ८ २०७९
शनिवार, आश्विन ८ २०७९
  • लुम्बिनी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनौट प्रतियोगितामा रुपन्देही प्रथम

    भैरहवा, ८ असोज ।
    नवौं राष्ट्रिय खेलकुद–२०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्र्तगत फुट कन्ट्याक्ट कराँतेमा रुपन्देही जिल्ला च्याम्पियन भएको छ । दाङको तुलसीपुरमा बिहीबार र शुक्रबार भएको खेलमा ८ स्वर्ण, २ रजत र २ कास्य पदक गरी कुल १२ पदक जित्दै रुपन्देही जिल्ला प्रथम भएको कराँते प्रशिक्षक सुरज ढकालले बताए ।

    images

    खेलमा अर्घाखाँची जिल्ला २ स्वर्ण, ६ रजत र ३ कास्य गरी ११ पदक जित्दै दोस्रो स्थान तथा बाँके २ स्वर्ण, ३ रजत र ५ कास्य गरी १० पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । खेलमा दाङ जिल्ला १ रजत र २ कास्य जित्दै चौथो स्थान हासिल गरेको छ ।

    एक समारोहकाबीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता टीम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij