२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

पुम्से च्याम्पियनसिप : रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य पदक

शनिवार , आश्विन ८, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ८ असोज । 
    पोखरामा जारी पहिलो माउण्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा रुपन्देहीकी रियाशा यादव र दिपिका कार्कीले कास्य पदक जितेका छन् । दुवैले नेपालको प्रतिनिधित्व गर्दै पुम्से विधा (९–१२) उमेर समूहमा कास्य पदक जित्न सफल भएको प्रशिक्षक राकेश यादवले जानकारी दिए । 

    बिहीबारदेखि सुरु भएको उक्त च्याम्पियनसिपमा आइतबारसम्म चल्नेछ । प्रतियोगितामा भारत, मलेसिया, इण्डोनेशिया, पाकिस्तान, दक्षिण कोरिया, केन्या, श्रीलंका लगायत १६ वटा राष्ट्रबाट १ हजार २ सय ५० जना खेलाडीको सहभागिता रहेको छ ।