२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स बुटवल स्टार्सद्वारा दृष्टिबिहीनलाई सहयोग 

शनिवार , आश्विन ८, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, ८ असोज ।
    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्सले दृष्टिबिहीनहरुलाई सहयोग प्रदान गरेको छ । क्लबले बुटवलको झोलुंगे पुलस्थित झोलुंगे पथमा रहेका १२ जना दृष्टिबिहीनलाई सहयोग गरेको छ । क्लबका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पी का सचिव सन्दिप कसौधनको जन्मोउत्सवको अवसरमा ६० हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो ।

    सहयोग सामग्रीमा खाट १० थान, डसना १० थान, सिरानी १० थान, सिरक १० थान बिछौना १० थान, चामल, दाल मटर, चना, चिउरा, चाउचाउ ,सोयाबीन लगायत विभिन्न सामग्री हस्तारण गरिएको हो । 

    लायन्स डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी का कोषाध्यक्ष विनोद खरेल, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिषकृष्ण श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष तथा एरिया–३ चिफ एम.एल. पाण्डे, एरिया–४ का चिफ माधव खनाल, रीता शर्मा, क्लब अध्यक्ष विजय कुमार बर्नवालले दृष्टिबिहीनहरुलाई संयुक्त रूपमा सामग्री प्रदान गरेका हुन् ।

    कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले विगत लामो समयदेखि लायन्स बुटवल स्टार्सले नमूनायोग्य काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताए ।